site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी नगरपालिकामै कार्यक्षेत्र रहको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रा.लि/पद्मा मर्चेन्ट कम्पनी प्रा.लि./जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक/अध्यक्ष कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको पाइएको अख्तियारले जनाएको छ ।

बस्नेतले उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरूबाट विदेशी सहायता सात अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचार समेत आफ्नै दस्तखतबाट गरेको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गाहरू पद्मा कोलोनी प्रा.लि. ले जग्गाधनीहरुलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भुक्तानी दिएको, राजस्व र बैनाबट्टा रकम समेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार रुपैयाँ कम मूल्यमा राजुप्रसाद कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी बैक खातामार्फत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ ३३ पैसा, ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा र कँडेललाई शंकर होटेलमा भुक्तानी गर्न लगाएको वैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार ६३७ रुपैयाँ समेत गरी जम्मा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बराबर घुस पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष कँडेलबाट लिएको पुष्टि भएको दाबी अख्तियारको छ ।

अख्तियारले आइतबार नै सोही सम्बन्धमा पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष कँडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा उनीहरूसँग ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुर गरेको सम्बन्धमा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतसँग १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो दाबी गरेको छ । श्रीमती उर्मिला बस्नेतसँग पनि त्यति नै रकम बिगो माग दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro