site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीकोटमा सबैभन्दा धेरै, कहाँ कति पर्‍यो पानी ?
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा शुक्रबार र शनिबार वर्षा भएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, पछिल्लो २४ घण्टा (शनिबार बेलुका सवा ८ बजेसम्म)मा कालीकोटमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ । यो अवधिमा कालीकोटको रास्कोटमा १८.६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कालीकोटकै नाग्मामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, डडेलधुराको डडेलधुरा वर्षा मापन केन्द्रमा १४.२, डडेलधुराकै साहुखर्कमा १३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यो अवधिमा बैतडीको सिद्धपुरमा १३, बैतडीकै गोठालापानीमा ११.२, सतबाझमा ८.६ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

हुम्लाको सिमकोटमा १२.४, डोटीको पश्चिम सेती वर्षा मापन केन्द्रमा १०.२, डोटीकै गैरामा ८.८, दिपायलमा ८.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

अछामको ओलीगाउँ वर्षा मापन केन्द्रमा ४.४, अछामकै चित्रेघाटमा ४.२, कैलालीमा ४, जुम्लामा ३.४, रुकुम पश्चिममा ३.२, बाजुरामा ३, कञ्चनपुरमा २.८, जाजरकोटमा २.४, मुगुमा २.४, सल्यानमा १.८, बर्दियामा १.४, मोरङमा १ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ । यसबाहेक अरू केही स्थानमा छिटपुट पानी परेको छ ।

विभागका अनुसार, कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिन्छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।

fakmsg-1735397895.jpg
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro