site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्रज नेताहरूले देखाएको बाटोमा अघि बढ्न कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरूले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पीएल सिंहको १३औँ पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामलाई अघि बढाउनुपर्ने बताए । 

सभापति देउवाले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामको स्मरण गरे । पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पीएल सिंहको निधनले पार्टीलाई मात्रै नभई देशलाई नै ठूलो क्षति भएको धारणा राखे । 

त्यस्तै, अन्य कांग्रेस नेताले पीएल सिंहको योगदानको स्मरण गरेका थिए । 

लामो समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुस १ गते निधन भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्