site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

तेहरान । इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।

शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख विश्वव्यापी प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित इन्टरनेट नाकाबन्दीलाई सहज बनाउने दिशामा नयाँ कदमको संकेत गर्छ ।

तीनै तहका सरकारका प्रमुख, मन्त्री र सर्वोच्च परिषद्का सदस्यहरूको सहभागितामा मंगलबार बसेको बैठकमा इन्टरनेट सुशासन र प्रतिबन्धसम्बन्धी नीतिको पुनरवलोकन र समायोजन गर्ने विषयमा छलफल भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सम्बन्धित अधिकारीहरूको मूल्यांकनको प्रस्तुतीकरणपछि काउन्सिलले अवस्थित इन्टरनेट प्रतिबन्धहरूमा परिवर्तनहरूलाई अनुमोदन गर्यो ।

इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमीले भने,“आज हामीले एकता र सहयोगका साथ इन्टरनेट प्रतिबन्ध हटाउनेतर्फ पहिलो कदम चालेका छौँ । यस प्रयासको लागि म अध्यक्ष, सञ्चारकर्मी र कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

Royal Enfield Island Ad

इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआरएनए) रिपोर्टहरूका अनुसार, प्रतिबन्धहरू हटाउने कदम इरानी सरकारको डिजिटल परिदृश्य प्रबन्ध गर्नको लागि व्यापक दृष्टिकोण अनुरूप छ । यसले नियमन गरिएको साइबरस्पेस शासनको महत्त्वलाई जोड दिन्छ । 

इन्टरनेट प्रतिबन्धहरू हटाउने राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो राष्ट्रपति अभियानको क्रममा गरेका प्रमुख प्रतिज्ञाहरू मध्ये एक थियो ।

यद्यपि, प्रगतिको बाबजुद, सरकारले आफ्नो दृष्टिकोणले ह्वाट्सएप र गुगल प्ले जस्ता विश्वव्यापी सेवाहरूको पुनः परिचयसँगै स्थानीय प्लेटफर्महरूको विकास र प्रयोगलाई प्राथमिकता दिने कुरामा जोड दिएको छ ।

यी परिवर्तनहरू देखा पर्दा, स्थानीय व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरू दुवैमा व्यापक प्रभाव अझै पूर्ण रूपमा मूल्यांकन गर्न बाँकी छ । प्रतिबन्धहरू सहज बनाउनु इरानमा इन्टरनेट स्वतन्त्रताको लागि एक महत्त्वपूर्ण कदम हो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro