site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण 

काठमाडौं । लिभिङ विथ आईसीटीले आयोजना गरेको नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सम्पन्न भएको छ । एनसेलको सहयोग एवं नेपाल पे क्युआर र जेनेस एण्ड जुमको सहकार्यमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको हो । सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई मान्यता प्रदान गरिएको उक्त अवार्डमा एक हजारभन्दा बढी विशिष्ट व्यक्ति उपस्थित थिए ।  

हायात रिजेन्सी होटेल काठमाडौंमा भव्य समारोहबीच आइसिटी अवार्ड वितरण भएको थियो । अवार्ड समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल प्रविधिमार्फत पानसमा बत्ती बाल्दै गरेका थिए । 

प्रमुख अतिथिका रूपमा उपस्थित मन्त्री गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, योजना आयोगका उपध्यक्ष प्रा.डा. शिवराज अधिकारीलगायत अतिथिले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

यस वर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौं विश्वविद्यालयका संस्थापक प्रा.डा. सुरेशराज शर्माले प्राप्त गरे । एनसेल ‘वुमन आइकन’ नेपाल बैंककी डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख वन्दना शर्माले प्राप्त गरिन् । । यसैगरी प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आइसिटी अवार्ड नामीका संस्थापक डा. विशेष खनालले प्राप्त गरे । इन्टरप्रेनर्स आइसिटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आइसिटी अवार्ड न्युरल कम्पनीका सहसंस्थापक नामी बरालले प्राप्त गरिन्।
    
यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आईसिटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्‍यो भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ । त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्वाइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्रात गर्‍यो । 

सातै देशका स्टार्टअपहरू लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भरतको हाइफन एससीएसले जितेको छ । अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाई पनि सम्मान गरिएको छ ।

यसैगरी संस्थागत अवार्ड विधामा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आईएमई पेले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइभेट सेक्टरमा क्रमशः सुकुना मावि मोरङ र एलआरआई कलंकीले प्राप्त गरेका छन् । 

यसबाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मान गरिएको छ ।

यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् ।
 
अवार्ड समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले अवार्डलाई थप विशेष बनाएको थियो ।  

अवार्ड समोरोहमा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरुङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे । ‘‘आईटी दशक भनेर घोषणा गर्छौं । तर त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौं,’’ उनले अगाडि भने, ‘‘नेपालसँग एउटा पनि आईटी पार्क छैन । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’’

त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जनतामा निराशा र कुण्ठा पैदा भइरहेको समयमा आईसीटी अवार्डले विकास र निर्माणमा सकारात्मक सन्देश दिएको बताए । 

त्यसअघि स्वागत मन्तव्य दिँदै आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियाशील यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको जानकारी दिएक थिए । सूचनाको प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा रहेको भन्दै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए ।

यस्तै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अमरबहादुर थापाले प्रविधिले संसारलाई जोडेको भन्दै नेपालमा भने अझै पनि आईटीमा सोचेजस्तो विकास हुन नसकेको बताए ।
  
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले देशका कुनाकाप्चामा रहेका प्रतिभालाई आईसीटी अवार्डले खोजेर ल्याउने गरेको भन्दै सरकारले पनि आईटी र स्टार्टअपलाई प्राथमिकता दिएको बताए । 

लिभिङ विथ आईसीटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । 

आईसीटी अवार्ड अन्तर्राष्ट्रिय अवार्डहरू डब्लूएसए अवार्ड, अरोरा टेक अवार्डलगायतको आधिकारिक साझेदार समेत हो ।

आईसीटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा आठ सयभन्दा बढीको अनलाइन मनोनयन प्राप्त भएको थियो । १४ जना स्वदेशी र तीनजना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटाभन्दा बढी बैठक गरी छनौट प्रक्रिया सम्पन्न गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro