site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध कर्णालीले दियो १०२ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको हो ।

कर्णालीका जिसान मक्सुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा चार चौका प्रहार गरे । विलियम बोसिस्टोले २४ बलमा एक चौकासहित १६ रन जोडे । ओपनर बाबर हायातले ९ बलमा तीन चौका प्रहार गर्दै १३ रन बनाए ।

यस्तै, चान्डविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन थपे । कर्णालीका ओपनर रित गौतम, नन्दन यादव र विपिन शर्मा ‘डक’ भए ।

कर्णालीलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले १७ रनमात्र खर्चिए । स्कट कुग्गेलेनले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।

प्लेअफमा स्थान बनाउन आज कर्णाली जित्नै पर्ने दबाबमा छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । यता, ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम भने सहज स्थितीमा छ । सुदूरपश्चिमले प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरिसकेको छ ।

यो लिग चरणको अन्तिम खेलसमेत हो ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro