site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आमनागरिकमा मनोबल नबढेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा अध्यक्ष ढकालले अहिले थोरै भए पनि अर्थतन्त्रमा चलायमान भएको तर आमनागरिकको मनोबल नबढेको बताए ।

“आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चितिमात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन,’’ अध्यक्ष ढकालले भने ।

सरकारले लिएका नीतिका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । अध्यक्ष ढकालले भने, “तर, हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौँ । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ ।’’

उनले उद्योग क्षेत्रहरू धराशायी भएर व्यवसायीले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचीमा परेको उल्लेख गरे ।

अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण पनि गराए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro