site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बारले प्रतिनिधि पठाउनासाथ न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्छ : कानुनमन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एसोसिएसनले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्ति गर्न नसकिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च अदालतमा अझै चारजना न्यायाधीशको नियुक्ति हुन बाँकी रहेको तर, बारले प्रतिनिधि नपठाइदिँदा पदपूर्ति हुन नसकेको उल्लेख गरे । उनले बारले प्रतिनिधि पठाउनेबित्तिकै न्यायाधीश नियुक्ति हुने दाबी गरे ।

उनले सर्वोच्च अदालतमा चारजना न्यायाधीश थप गर्दा पनि बाँकी मुद्दा सक्न कठिन रहेको भन्दै अझै चार/पाँचजना थप गर्न जरुरी देखिएको बताए । न्यायसंगत निर्णय गरेर कर्मचारीको व्यवस्थापन गर्ने र अझ सशक्त बनाउने उनले बताए । उनले आमनागरिकको भरोसा न्यायपालिकालाई बनाउने गरी सरकार अघि बढिरहेको उल्लेख गरे ।

उनले भने, "सुविधाको कुरा उठ्यो, न्यायपालिकामा सुधारको कुरा पनि साथीहरूले उठाउनु भयो, प्रोत्साहन भत्तादेखि कर्मचारीहरूको वृत्ति विकासको कुरा उठ्यो । यी सबै जायज कुरा हुन् । न्यायाधीश नियुक्तिको कुरा पनि उठ्यो, सर्वोच्चमा कति चाप छ, मलाई लाग्छ अहिले पनि २६ हजार मुद्दा होलान्, सर्वोच्चमा । चारजना जजको पद रिक्त छ । बारको आन्दोलनका कारण दुईजना मात्रै भयो, चारजना बाँकी नै छ । चारजना नियुक्ति गर्दा पनि सर्वोच्चमा मुद्दाको चापअनुसार कम छ । अझै चार/पाँचजना थप्नुपर्छ । प्रोत्साहन भत्तादेखि, कर्मचारीदेखि लिएर न्यायाधीशको संख्या थप्ने कुराहरु छन् । यी सबै कुरा म सरकारमा राख्छु । न्याय क्षेत्रको नियुक्तिहरू मलाई विश्वास छ, बारले प्रतिनिधि पठाउनासाथ नियुक्ति हुन्छ । चाँडै हुन्छ ।"

मन्त्री चौरसियाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले समन्वय गरेर काम अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro