राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । थपिएका नयाँ सदस्यसहितको बैठक पार्टी केन्दीय कार्यालय आलोकनगरमा बैठक बसेको छ ।
बिहीबार बैठकले स्थायी कमिटीमा १७ जना सदस्य थप गर्ने निर्णय गरेको थियो ।
बैठकले नेताहरूको कार्यविभाजन, पार्टीको कार्ययोजनाबारे छलफल जारी रहेको प्रचार विभागले जनाएको छ । एकीकृत समाजवादीको असारमा भएको १०औँ महाधिवेशनपछि नेताहरूले जिम्मेवारी तोकिएको छैन । जिम्मेवारी टुंग्याउनका लागि कार्यदलसमेत बनाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १४:१६
प्रतिक्रिया दिनुहोस्