site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय समकक्षीसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट 
Tiktok banner adTiktok banner ad

प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन् । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले आज बुधबार भारतीय समकक्षीसँग भेट गरेको हुन् । 

आजै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरे । 

प्रधानसेनापति सिग्देलले आजै भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारक (नेसनल वार मेमोरियल)मा पुष्पगुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

प्रधानसेनापति सिग्देलको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro