site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई भेटेपछि बाबुरामले भने– प्रतिशोधपूर्ण भयो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका छन् । लामिछानेलाई सरकारी पक्षबाट दुःख दिइएको उनले उल्लेख गरे ।

“उहाँ (रवि लामिछाने)लाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर अन्यायपूर्ण भो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो,” उनले भने, “स्वस्थ नै हुनुहुँदो रहेछ ।”

शुक्रबार बिहान डा. भट्टराई लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । उनलाई भेटेर फर्किएपछि भट्टराईले सञ्चारकर्मीसित भने, “यो अलिकति प्रतिशोधपूर्ण भयो भन्ने मैले बुझ्छु एउटा पाटो । अर्को पाटोचाहिँ सहकारीसम्बन्धी जुन समस्या छ, त्यसको जरो धेरै फैलिएको छ ।”

आफूमाथि राजनीतिक प्रतिशोध साधिएको लामिछानेले पनि बताएको उनले जानकारी दिए । “म (रवि लामिछाने)माथि यो राजनीतिक प्रतिशोध नै लिएको हो । मैले त सहयोग गरिरहेकै छु, गर्छु,” लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने ।

सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा लामिछाने प्रहरी हिरासतमा छन् । कास्कीसहित अरू जिल्लामा पनि उनीविरुद्ध पक्राउ पुर्जी र बयान लिने कार्य जारी छ । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट गएको कात्तिक २ गते उनलाई पक्राउ गरिएको हो ।

डा. भट्टराईले एक व्यक्तिलाई पक्राउ गरेर दुःख दिने र वास्तविक विषय ओझेलमा पार्ने कार्य गरिएको बताए । सहकारीपीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको उनको बुझाइ छ । सहकारीपीडितको समस्या छिटै समाधान गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

निष्पक्ष सरकारी अनुसन्धानमा सहयोग गर्नुपर्ने र कानुनानुसार अघि भने बढ्नुपर्ने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro