राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नेताले नेपाललाई भड्काउने कुरा नगरेको बताएका छन् । चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
“दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने कुरा कुनै गरेको भए छुट्टै कुरा, भारतीय लिडर (नेता)ले त्यो गरेको थाहा छैन,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतको गर्ने परम्परा तोड्दै चीनतर्फ गएको भन्दै भारतीय मिडियाले आलोचना गरेका छन् नि ? भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्