site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्याकमुलमको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । ब्रान्डन म्याकमुलमको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

सुदूरपश्चिमका म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराए ।

ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन थपे । १७–१ को स्थितिबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३–२ को बलियो अवस्थामा पुर्‍याएका थिए ।

विनोदलाई साहबले १३औँ ओभरको पहिलो बलमा एलबीडब्ल्यूको धरापमा पारे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । १९औँ ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रलाई करण केसीले माइकल लेभिटनबाट क्याच गराए ।

ओपनर सैब जैबले ११ रन थपे । नौ बलमा एक छक्का प्रहार गरेका जैबलाई दोस्रो ओभरको अन्तिम बलमा राशिद खानले बोल्ड गरेका थिए । सस्तैमा आउट भएका रोहन मुस्ताफालाई राशिदले नै १६औँ ओभरको अन्तिम बलमा बोल्ड गरे । मुस्ताफाले चार रन जोडे ।

१७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ शेखले तीन बलमा तीन रन मात्र बनाए ।

काठमाडौंका राशिद खानले दुई विकेट लिए । करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro