site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले भन्यो– मन्त्रीले अनौठो काम गरे !
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीका तर्फबाट विरोध जनाएका हुन् ।

उनले विद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधबार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाई बसेका थिए । सोही विषयमा माओवादी केन्द्रले विरोध जनाएको हो ।

Dabur Nepal
NIC Asia

माओवादी केन्द्रले सरकारले विद्युत् प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ । विद्युत् प्राधिकरणको अध्यक्ष ऊर्जामन्त्री रहने व्यवस्था छ ।

उनले सरकार बिचौलिया र भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाए । “विद्युत् प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ, त्यसमा मन्त्रीले नै अनौठो, इतिहासमै कहिले नभएको कुरा विद्युत् प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत् प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ,” उनले भने, “यस अर्थमा वास्तवमा सरकारले बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ ।”

बैठकमा हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारीसभाका बारेमा छलफल गरिएको प्रवक्ता सापकोटाले बताए । बैठकमा अरू समसामयिक विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

उपनिर्वाचनले पार्टीका बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ । उनले एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्वीकारेको बताए । ०६४ पछि एकताबद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको उनले उल्लेख गरे ।

“...हाम्रो पार्टी ०६४ पछि एकताबद्ध भएर जनतामा गयो, त्यसले निकै सकारात्मक नजिता दिएको छ,” उनले भने, “प्रारम्भिक समीक्षामा धेरै उत्साहवर्द्धक र धेरै महत्त्वपूर्ण आधारहरू थपिएका छन् । सरकारको उपस्थिति शून्यजस्तो लागिरहेको छ ।”

प्रवक्ता सापकोटाले समस्यामा परेका जनतालाई राहत मिल्ने गरी माओवादी अघि बढ्ने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro