site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमान्त्री ओलीले मंगलबार राष्ट्रपति सी र समकक्षी लीसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

“नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपतिज्यूको तर्फबाट प्रधानमन्त्रीले राष्ट्रपति सीलाई आमन्त्रण गर्नुभयो,” भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणा गरेकामा धन्यावाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

मंगलबार चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्वपक्षीय वार्ता गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

“प्रधानमन्त्रीज्यूले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्रीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो,” प्रवक्ता ढकालले भने । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro