राजनीति
काठमाडौं । चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जुन अहिलेको विनिमय दरअनुसार नेपाली नौ अर्ब ३० करोड रुपैयाँ हुन्छ ।
चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १९:०८
प्रतिक्रिया दिनुहोस्