site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ वडाको मतगणना मतदानस्थलमै हुने, अरूको कहाँ हुन्छ ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आझ सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।

मतपेटिका सुरक्षितरूपमा संकलन भएपछि तत्काल मतगणना थाल्न निर्देशन दिइएको उनले बताइन् ।

“एउटामात्रै मतदानस्थल रहेका १५ वडाको वडाध्यक्ष पदको मतगणना सम्बन्धित मतदानस्थलमा नै हुने व्यवस्था मिलाइएको छ । अन्य स्थानमा सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुनेछ,” उनले भनिन् ।

मतगणनाको परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।

नगरपालिका प्रमुख–१, उपप्रमुख–१, गाउँपालिका अध्यक्ष–२, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro