site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शाम्बाला’लाई अस्ट्रेलियामा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जितेको छ । अस्ट्रेलियामा भएको एसिया प्यासिफिक स्क्रिन अवार्डमा नेपाली चलचित्र ‘शाम्बाला’ले उक्त अवार्ड प्राप्त गरेको हो । 

“यो अवार्डलाई एसियाली अस्कार पनि भनिन्छ,” निर्देशक मिन भामले भनेका छन् ।

भाम निर्देशित ‘शाम्बाला’ले श्रीमान्को खोजीमा निस्कने गर्भवती महिलाको यात्राको कथा भन्छ ।

समुद्री सतहबाट चार हजार २०० देखि ६ हजार मिटरको उचाइमा खिचिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ ।

‘शाम्बाला’ ९७औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालका तर्फबाट छनोट भएको चलचित्र हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro