site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीन मात्र नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताए ।

नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा. वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए  ऋण नै लिए पनि फरक पर्दैन । ३०/४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ,” उनले भने, “केही राजनीतिक दलले चीनबाट ऋण लिनै हुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”

उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका निम्ति अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रवि लामिछाने पक्राउपछि तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उमेदवार नउठाइएको प्रस्ट पारे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro