site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मलेसियामा बाढीका कारण एक लाखभन्दा बढी मानिस विस्थापित
तस्बिर : एएफपी ।

क्वालालम्पुर । मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यो संख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ । अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।

केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको संख्या चार रेकर्ड गरिएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्यांकानुसार, केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीबाट प्रभावित हुनेमध्ये ६३ प्रतिशत यहाँका रहेका छन् ।

तेरेन्गानुमा लगभग ३५ हजार मानिस विस्थापित भएका छन् । बाँकी विस्थापित अन्य सात राज्यबाट रिपोर्ट गरिएको हो ।

यसै हप्ताको सुरुमा  भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिस जलमग्न सडकहरूबाट हिँडिरहेका देख्न सकिन्थ्यो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro