site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अध्यक्ष नियुक्ति ढिलाइको असर : आईपीओ पाइपलाइनमा भएका कम्पनीको संख्या ७७ पुग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा कार्यकारी अध्यक्ष नभएको एक वर्ष पुग्न लागेको छ । गत वर्षको पुस २० गते निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

आईपीओ निष्कासनका निम्ति बोर्डको अनुमति माग्ने कम्पनीको संख्या बढ्दै गएको छ । हमालको कार्यकाल सकिएसँगै बजारमा आईपीओ निष्कासन भएको छैन । बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले महँगोमा आईपीओ निष्कासन गर्न अनुमति पाएको भए पनि अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

Dabur Nepal
NIC Asia

आईपीओ निष्कासनका निम्ति अनुमति मागेका ७७ कम्पनीको प्रक्रिया ‘पेन्डिङ’मा छ । बोर्डमा अध्यक्ष नहुँदा यी कम्पनीको फाइल अगाडि बढ्न सकेको छैन ।

४४ अर्ब ७५ करोड ७६ लाख २० हजार रुपैयाँको आईपीओ निष्कासन रोकिएको छ । हाल अर्थतन्त्रमा समस्या आउनुमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलाई पनि एउटा कारणका रूपमा लिइएको छ । समयमा नै अध्यक्ष नियुक्त गरेर बजारमा आईपीओ आइरहेको भए अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने विश्वास गरिँदै आएको छ ।

धितोपत्र बोर्डका अनुसार, हाल बोर्डमा हाइड्रोपावरका ३७, अन्य समूहका १५, उत्पादन तथा प्रशोधनका १३, होटेल तथा पर्यटनका पाँच, माइक्रोइन्स्योरेन्सका चार, लगानीका दुई र माइक्रोफाइनान्स समूहको एउटा कम्पनी आईपीओ निष्कासनको तयारीमा छन् ।

s1-1732172047.jpgs2-1732172047.jpgs3-1732172047.jpgs4-1732172047.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro