site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैकुण्ठ अर्यालले दिए राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । 

आयोगमा विशेष पद सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरूवा भएका थिए । अर्यालले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दिएका हुन् ।

उनलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो । सफाइ पाएपछि पहिलोपटक आइतबार उनी योजना आयोगमा हाजिर भएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आइतबार (आज)को मन्त्रिपरिषद् बैठकमा अर्यालको राजीनामा पेस गरिएन । आगामी मन्त्रिपरिषद् बैठकमा भने उनको राजीनामा पेस हुने बताइएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा पूर्वसभामुख दमनाथ ढुंगानाको शोकको विषयमा मात्रै छलफल भएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro