site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर मेयरमा अधिकारीले दिए स्वतन्त्र उमेदवारी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति दिनेशकुमार अधिकारीले स्वतन्त्र उमेदवारी दिएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति पविता अधिकारीले स्वतन्त्र उमेदवारी दर्ता गराएकी छन् । उनी ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्ष पदमा निर्वाचित श्यामकुमार अधिकारीकी पत्नी हुन् । श्यामकुमारको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

स्थनीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro