site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुर मेयरमा माओवादीका महर्जनले गराए उमेदवारी दर्ता

काठमाडौं  । कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले उमेदवारी दर्ता गराएका छन् । 

कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार उनले उमेदवारी दर्ता गराएका हुन् ।

कीर्तिपुरमा माओवादी केन्द्र र अशोक राई नेतृत्वको जसपाबीच चुनावी गठबन्धन भएको छ । कीर्तिपुरको मेयर पदमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उमेदवारी दिएका महर्जनलाई एकीकृत समाजवादीले पनि समर्थन गर्ने सहमति भएको छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिका वडा नं १ मा जसपाबाट सरल गोपाल महर्जन र वडा नं ४ मा माओवादी केन्द्रबाट नारायण विष्टले उमेदवारी दर्ता गराएका छन् । 

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro