राजनीति
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका छन् ।
थारु कल्याणकारिणी सभाको २३औँ महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै उनले हाल संविधानका आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार रहेको पनि बताए ।
थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रूपमा समाप्त गर्न नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने उनले प्रतिबद्धता जनाए । थारु समुदायमाथि अब कुनै प्रकारको विभेद नहुने उनको भनाइ थियो ।
उक्त महाधिवेशन यही मंसिर ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी सभाले जनाएको छ । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ २०:२६
प्रतिक्रिया दिनुहोस्