site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं र भरतपुर ‘अस्वस्थकर’, बिहीबार दिनभर वायु प्रदूषण बढ्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यका र चितवनको भरतपुरको वायु बिहीबार ‘अस्वस्थकर’ छ । बिहीबार अपराह्न १२ बजे पछिल्लो २४ घण्टाको वातावरण विभागको रेकर्डअनुसार काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर र चितवनको भरतपुरको वायु अस्वस्थकर वर्गमा छ ।

ती क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा माथि छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

काठमाडौंमा बिहीबार दिउँसो निरन्तर वायु प्रदूषण्को मात्रा बढ्ने विभागको अनुमान छ । बिहीबार साँझ ८ बजे काठमाडौंको वायुमा पर्टिकुलेट म्याटर (पीएम)को औसत मात्रा ६६.८६१ पुग्ने विभागको पूर्वानुमान छ ।

भरतपुरमा यो मात्रा शुक्रबार बिहान ३ बजे ६५.०६१ सम्म पुग्ने विभागले पूर्वानुमान गरेको छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro