site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको जागरणसभाको तयारीका लागि संयोजन समिति गठन 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा हुने सभाको तयारीका लागि वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सहसंयोजक कैलाश ढुंगेल छन् । सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी छन् ।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जनसभा गर्न लागिएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro