site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराई र काठमाडौंको वायु प्रदूषित, पाकिस्तानकै प्रभाव हो ? यसो भन्छन् विज्ञ (भिडियो)
फाइल तस्बिर ।

काठमाडौं । यो साता काठमाडौंसहित देशरका विभिन्न सहर प्रदूषित छन् । वायु प्रदूषणको मात्रा ती सहरमा दिनदिनै बढ्दो क्रममा छ ।

पूर्वदेखि पश्चिम तराईका अधिकांश र केही पहाडी जिल्लामा पनि वायु प्रदूषण उच्च हुने क्रममा छ । काठमाडौं उपत्यकाको वायु अस्वस्थकर बनिसकेको छ ।

वातावरण विभागको रेकर्डमा यही नोभेम्बर ९ यता प्रदूषण बढिरहेको देखिन्छ । अबका केही दिन वायु प्रदूषण अझै उच्च हुने विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् ।

Dabur Nepal
NIC Asia

सामान्यतः जनवरी र फेब्रुअरीमा सुक्खायाम, तापक्रम घट्नेजस्ता कारणले नेपालमा वायु प्रदूषण बढ्ने गरेको छ । यसबाहेक अप्रिल, मेमा पनि डढेलोका कारण वायुमा पीएम २.५ को मात्रा अधिक भएको विभागको रेकर्ड छ ।

हाल बढेको वायु प्रदूषणमा पाकिस्तान र भारतको प्रभाव पनि रहेको उनले जानकारी दिए । वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामकका अनुसार पाकिस्तानको लाहोर क्षेत्रमा मंगलबार दिउँसो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ७०० भन्दा माथि छ ।

यस्तै, भारतका दिल्ली, पटना, हरियाणालगायत क्षेत्रमा पनि एक्यूआई २०० भन्दा माथि छ ।

नेपालका दाङ, नेपालगन्ज, भरतपुर र काठमाडौंमा पछिल्लो २४ घण्टाको एक्यूआई ११० भन्दा माथि पुगेको विभागको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । यस्तै, पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने मापदण्ड छ ।

पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

जनवरी र फेब्रुअरी पनि वायु प्रदूषणका हिसाबले जोखिमपूर्ण महिना रहेको विभागका अघिल्ला वर्षहरूको तथ्यांक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro