site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अख्तियार पसे निजी क्षेत्र हुँडल्छ : घिमिरे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले अख्तियारले निजी क्षेत्र हुँडल्ने काम मात्र गर्ने टिप्पणी गरे ।

अख्तियारको प्रवेश भए निजी क्षेत्र झन् कमजोर हुने उनले तर्क गरे । “अख्तियारले सरकारी क्षेत्र हेर्न नसकेको अवस्थामा निजी क्षेत्र हुँडल्ने काम गर्छ,” उनले भने, “निजी क्षेत्र झन् कमजोर भएर जान्छ ।”

Argakhachi Cement Island Ad

सरकारको लगानी मात्र अख्तियारले हेर्नु उचित हुने उनले धारणा राखे । “सरकारको मातहतमा रहेको र सरकारको लगानी मात्रै अख्तियारले हेर्नुपर्छ,” उनले भने, “निजी क्षेत्रलाई अख्तियारको दायरामा नल्याऔँ ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा बैठकमा छलफल गरिएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्