site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को पहिलो चरणमा ५२ कथा छनोट 

काठमाडौं । छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् । 

बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । यसरी पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।

आन्तरिक निर्णायक समूहका अनुसार सामान्यतः प्रथम चरणमा ५० कथा छानिने भए पनि यस वर्ष पनि प्राथमिक छनोटमा समान अंक पाएका थप दुई कथा अन्तिम चरणको छनोटका लागि समावेश गरिएको हो ।  

Dabur Nepal
NIC Asia

बाह्रखरी कथा लेखन प्रतियोगितका लागि छनोटमा परेका ५२ कथाकारहरूमा अनिता न्यौपाने, भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरीका कथा रहेका छन् । 

त्यस्तै वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् ।    

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगितको छैटौँ संस्करणका लागि गत भदौ ३१ गते कथाकारहरूबाट कथा आह्वान गरिएको थियो । प्रतियोगिताका लागि यस वर्ष विश्वभरिबाट ९३७ कथा प्राप्त भएका थिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । 

यस वर्ष कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर महिनाको दोस्रो साता विशेष समारोहकाबिच काठमाडौंमा सार्वजनिक गरिनेछ । सोही दिन ‘१२खरी उत्कृष्ट कथा २०८१’ पनि लोकार्पण गरिनेछ । 

बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिश होम (डिश मिडिया नेटवर्क लि.) ले गरेको छ भने उत्कृष्ट कथा–२०८१ को प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ । 

प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् । यस वर्ष एयरलाइन्स पार्टनर यती एयरलाइन्स तथा हिमालय एयरलाइन्स रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro