site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्तामा रहेका पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट सत्तामा नरहेका दलसँग सहकार्य गर्ने निर्णय गरिएको हो ।

“सत्तारूढ दलसँग सहकार्य गर्दैनौँ, अरूसँग स्थानीय तहमा आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको छ । नभए एक्लै चुनाव लड्छौँ,” माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बाह्रखरीसित भने ।

माओवादीले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ । “केन्द्रबाटै छलफल त गर्दैनौँ, मिल्नेसम्म स्थानीयस्तरमा नै सहकार्य हुन्छ,” उनले भने ।

उमेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro