site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकीका पहाडी भू–भागमा वर्षाको सम्भावना 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

Argakhachi Cement Island Ad

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

हाल नेपालमा देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्