site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीमा आठ रिक्त डीआईजीका निम्ति आईजीपीकै ब्याचीसहित तीन टोली प्रतिस्पर्धी

काठमाडौ । नेपाल प्रहरीमा रिक्त आठ प्रहरी नायब महानिरीक्षक (डीआईजी)का निम्ति तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन् । तीमध्ये प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची समेत छन् ।

०५१ चैत ५ गते प्रहरी निरीक्षकमा आईजीपी कुँवरसँगै भर्ना भएका गणेश चन्द, भोलाबहादुर रावल, धु्रवराज राउत डीआईजीको प्रतिस्पर्धामा छन् ।

यस्तै, ०५३ मा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र ०५४ मा प्रहरी निरीक्षक बनेका अधिकारी डीआईजीमा बढुवाका निम्ति दौडधुपमा छन् ।

चन्द, रावल र राउतले बढुवा भए पनि आउँदो चैतमा अवकाश पाउनेछन् । ०५३ र ०५४ को टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भने भावी आईजीपीको दौडमा हुनेछन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना डीआईजीका दाबेदार हुन् ।

यस्तै, उनीहरूभन्दा एक ब्याचपछिका एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियासहित ११ जना डीआईजीमा बढुवाका निम्ति दौडधुपमा छन् ।

गएको जेठमा गृह मन्त्रालयले तीन डीआईजीमा ०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीको बढुवा गरेको थियो । उनीहरू आईजीपीका ब्याचका एसएसपी र ०५३ को टोलीलाई पछि पारेर बढुवा भएका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछि र डीआईजीहरू बढुवा भएपछि डीआईजीको रिक्त दरबन्दी आठ पुगेको हो । गएको साता एआईजी किरण राणा र आइतबार नै अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाए । उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको थियो ।

त्यसअघि, डीआईजीको ५६ वर्षे उमेर हदकाकारण असारमा पोषराज पोखरेल, भदौमा विष्णुकुमार केसी र असोजमा यज्ञविनोद पोखरेलले अवकाश पाएका थिए । एक साताअघि अर्का डीआईजी राजेशनाथ बाँस्तोला पनि अवकाश पाएका छन् ।

योसँगै आठ रिक्त डीआईजीका निम्ति कुल २० एसएसपी मुख्य प्रतिस्पर्धामा देखिएका छन् । डीआईजीमा बढुवाको अधिकार गृह मन्त्रालयका सचिवको अध्यक्षतामा रहने बढुवा समितिमा हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro