site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–क्यानडाको पछिल्लो विवाद के हो ? किन हुँदै छन् आमनेसामने ?

नयाँ दिल्ली । पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच जारी कूटनीतिक विवाद झन् गहिरिँदै गएको छ । हालै संसदीय समितिको सुनुवाइका क्रममा क्यानडाका उपविदेशमन्त्री डेभिड मोरिसनले भारतीय गृहमन्त्री अमित शाहको नाम लिएको विषयमा भारतले गम्भीररूपमा आपत्ति जनाएको छ ।

उपविदेशमन्त्री मोरिसनले क्यानाडाका नागरिकहरूलाई धम्की दिने वा मार्ने अभियानलाई भारतीय गृहमन्त्री शाहले अनुमोदन गरेको बताएका थिए ।

यसै विषयमा एक दिनअघि भारतले क्यानडास्थित भारतीय उच्चायोगका प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कडा आक्रोश व्यक्त गरेको थियो । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटसमेत बुझाएको छ ।

भारतले अहिलेको जस्टिन ट्रुडो सरकारले राजनीतिक एजेन्डाअनुसार काम गरिरहेको र त्यसले चालेका कदमले दुई देशबीचको सम्बन्धमा गहिरो नकारात्मक प्रभाव पार्ने दोहोर्‍याएको छ । क्यानडाले अनावश्यक रूपमा भारतको छवि खराब गर्न खोजिरहेको भारतीय पक्षको दाबी छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, "हामीले क्यानडा उच्चायोगका प्रतिनिधिलाई बोलाएका थियौँ । उहाँलाई २९ अक्टोबरमा कूटनीतिक नोट हस्तान्तरण गरिएको थियो । क्यानडाका उपविदेशमन्त्री डेभिड मोरिसनले भारतीय गृहमन्त्रीको बारेमा समितिसमक्ष दिएको बेतुक र आधारहीन सन्दर्भको भारतले कडा विरोध गरेको हामीले जानकारी गराएका छौँ ।"

क्यानडाका अधिकारीहरूले जानाजानी भारतलाई बदनाम गर्न र अन्य देशहरूलाई प्रभाव पार्न अन्तर्राष्ट्रिय मिडियालाई आधारहीन सूचनाहरू दिने गरेको भारतको आरोप छ ।

जयस्वालले भने, "क्यानडामा रहेका भारतीय उच्चायोगका अधिकारीहरूको जासुसी भइरहेको छ । यो जानकारी क्यानडा सरकारले नै भारतीय अधिकारीहरूलाई दिएको छ । उनीहरूको फोन ट्याप भइरहेको छ । यो कूटनीतिक सम्झौताको घोर उल्लंघन भएको भन्दै क्यानडा सरकारसमक्ष आधिकारिक विरोध पनि गरिएको छ ।"

क्यानडाको साइबर खतरा देशको सूचीमा भारत !

पछिल्लो समय क्यानडा र भारतको सम्बन्ध थप बिग्रिँदै गएको छ । क्यानडाको गुप्तचर एजेन्सी कम्युनिकेसन सेक्युरिटी एस्टेबलिसमेन्ट (सीएसई)ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भारतलाई सत्रु देशको सूचीमा राखिएको छ ।

सीएसईले भारतलाई साइबर खतरामा परेका पाँच देशको सूचीमा समावेश गरेको छ । यस सूचीमा पहिलोपटक भारतको नाम थपिएको हो  । यस सूचीमा चीन, रुस, इरान र उत्तर कोरियाको नाम पनि परेको छ ।

सीएसईले क्यानडामा रहेका खालिस्तानी पृथकतावादीहरूलाई भारतले निगरानी गर्न साइबर प्रविधि प्रयोग गरेको आरोप लगाएको छ ।

गत वर्षको जुनमा ४५ वर्षीय हरदीप सिंह निज्जरलाई बन्दुकधारीले भ्यानकुभर नजिकै गोली हानी हत्या गरेका थिए । क्यानडाका प्रधानमन्त्रीले हत्यामा भारतको हात रहेको आरोप लगाएका थिए । त्यसपछि क्यानडा र भारतको सम्बन्ध निकै खराब स्थितिबाट गुज्रिरेहवो छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro