site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्रमा सरकारविरुद्ध आलोचना हुनु स्वभाविक, सय दिनमा निकै राम्रो काम : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको उल्लेख गरे ।

सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए ।  

एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro