site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
०८४ मा एमाले एक्लै बहुमत ल्याउने योजनामा छ : युवराज ज्ञवाली 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी ०८४ पछि एक्लै बहुमतको सरकार बनाउने योजनामा रहेको बताएका छन् । 

बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले भने “एमाले त एक्लै बहुमत ल्याउने गरी हिडिराखेको छ । एक्लै बहुमत सरकार बनाउने योजना छ,” उनले भने, “०८४ सम्म कति सम्भव छ हेर्दैछौँ ।” 

उनले कम्युनिस्ट पार्टीको बहुमत नल्याएसम्म काम नहुने बताए । तर, अहिले एमालेसँग अरु पार्टीहरूको एकता तत्कालका लागि सम्भव नभएको बताए । “तपाईंहरू र हामी (एमाले)बीचको एकता अहिले सम्भव छैन । एमालेले नेपाली कांग्रेससित सत्ता चलाइरहेको छ । राम्रो काम गर्न खोज्दैछौँ,” उनले भने, “तर, भविष्यमा एकताको परिस्थिति आउन सक्छ ।” 

उनले सम्भव भएका पार्टीहरू भने मिलेर जान सुझाव दिए । “जो–जो सम्भव हुन्छ । मिलेर जाने । समाजवादको आधार तयार गर्ने हो । चुनाव जितेर जाने हो,” ज्ञवालीले भने, “चुनावबाट अघि बढ्ने हो । कम्युनिस्टको बहुमत नआइ केही हुनेवाला छैन । कम्युनिस्टको बहुमत ल्याउन सबै मिलेर जाने हो ।” 

उनले कम्युनिस्ट पार्टी सत्तामा गइसकेपछि कहाँ कमजोरी भएका छन् ती सच्याउन जरुरी रहेको बताए । कम्युनिस्ट प्रधानमन्त्री भएकाले बेला भएका काम राम्रो कामलाई हेर्नुपर्ने भनाइ उनको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro