site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, काठमाडौंमा मात्रै चार हजारभन्दा बढी
Tiktok banner adTiktok banner ad

काठमाडौं । यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् । 

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा मात्रै अक्टोबरका २१ दिनमा एक हजार ९९८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro