site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणपछि इरानबाट स्थगित उडान पुनः सुचारु

तेहरान । इरानले पछिल्लोपटक सैन्यस्थललाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभावस्वरूप स्थगित गरेका आफ्ना उडान पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार त्यहाँको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

इजरायलले इरानको राजधानी तेहरानमा शनिबार आक्रमण गरेको जनाइएको छ । इजरायलले देशबाट ‘महिनौँ निरन्तर आक्रमण’को जवाफमा ‘इरानमा सैन्य लक्ष्यमा सटीक हमला’ गरेको पुष्टि गरेको छ ।

इरानले अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने इजरायलले वाचा गरेको थियो । त्यो इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

इजरायली सेनाले एक विज्ञप्तिमार्फत इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकारस्वरूप इरानी सैन्य लक्ष्यमा सटीक हमला गरिएको जनाएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडान स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro