साहित्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् ।
विश्व नेपाली साहित्य महासंघद्वारा शनिबार राजधानीमा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्त्व अधिक रहेको बताए ।
देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारलाई सम्मान पनि गरे । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्