site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसी नदीमा सेनाले बेलीब्रिज जडान गरेसँगै चल्न थाले गाडी

काठमाडौं । नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ । बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ ।

“सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Nepal-Army-1729587995.jpg
गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चात्‌को बाढीका कारण सुनकोसी नदीमाथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएको थियो । त्यसपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।

गत असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले कात्तिक ५ गते बेलीब्रिज जडान कार्य सम्पन्न गरेको थियो । सोही दिन पुलको भार बहन क्षमतासमेत परीक्षण गरिएको सेनाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro