site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

विराटनगर । अदालतले सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई  तत्कालीन अवस्थामा काम नगर्न आदेश दिएको छ । मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि  धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । 

तर, कार्यवाहकको  जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ ।  विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।  

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले  कार्यवाहक मेयरको जिम्मेवारी  कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो । कार्यवाहक मेयर नातामा  साम्पाङका मामा ससुरा हुन् ।

'कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं  २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु' भन्ने अदालतको आदेशमा उल्लेख छ ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro