site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने !

काठमाडौं । सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ । ट्रायल पास गरेपछि अब नागरिक एपमा सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ ।

Dabur Nepal
NIC Asia

"यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ," प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

ओलीका अनुसार, भोलिदेखि नै वाग्मती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।

"नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ," ओलीले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro