site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमजोर प्रतिपक्ष ! एक चौथाइ सिट नपुग्ने भएपछि संकटमा ‘समावेदन’ 
SkywellSkywell

काठमाडौं । शुक्रबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी गठबन्धनको बैठक राखेका थिए । बैठकमा विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीसँगै उनले सत्तारुढ दलका नेता महन्थ ठाकुरलाई समेत बैठकमा डाकेका थिए । 

ठाकुरलाई भने विपक्षी गठबन्धनको बैठक नभनी केही नेताहरूबीच छलफल गर्न भनेर बैठकमा डाकिएको थियो । तर, बैठकमा भने सरकारले साना दल फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै त्यसलाई रोक्न संसद् बोलाउन समावेदनमा जाने प्रस्ताव राखिएको थियो । त्यसका लागि ठाकुरको पार्टीसमेतबाट हस्ताक्षर लिएर समावेदन गर्ने लक्ष्य प्रतिपक्षको थियो । 

तर, ठाकुरले आफू सत्तापक्षमा रहेको भन्दै विपक्षी गठबन्धनमा बसेर हस्ताक्षर गर्ने प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए । उनले सत्तापक्ष र विपक्षका साझा मुद्दा बन्नसक्ने विपत्तिको व्यवस्थापनसहित विषय भए आफ्नो सहयोग माग्न आग्रह गर्दै समावेदनसहितका काम विपक्षी आफैँले गर्न सुझाव दिएका थिए ।

KFC Island Ad
NIC Asia

महन्थको यो सुझावसँगै संसद्को अधिवेशन आह्वानका लागि समावेदन गर्ने विपक्षी गठबन्धनको निर्णय संकटमा परेको छ । प्रधानमन्त्री हुँदा उपेन्द्र यादवको पार्टी फुटाउन निर्णायक भूमिका निर्वाह गरेका प्रचण्डले उनलाई भने बैठकमा बोलाएका थिएनन् । तर, सरकारमा मन्त्रिसमेत लिएर बसेको पार्टी लोसपाका अध्यक्ष ठाकुरलाई भने विश्वासमा लिएर समावेदनका लागि ६९ सिट पुर्‍याउन गरेको प्रयासमा प्रचण्ड असफल भएका छन् । 

विपक्षी गठबन्धनमा रहेका दल नेकपा माओवादीसँग ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सिट र नेकपा एकीकृत समावजादीसँग १० सिट गरी अहिले उनीहरूसँग ६३ सिट छ । त्यसमा प्रभु शाहसहित केही सांसद थपिँदा पनि ६९ नपुग्ने भएपछि प्रचण्डले ठाकुरलाई लिएर समावेदनको प्रयास गरेका हुन् । 

तर, ठाकुरले अस्वीकार गरिदिएपछि समावेदनको निर्णय गरेको विपक्षी गठबन्धनले ‘ध्यानाकर्षण गर्ने’ भन्न थालेका छन् । बैठकमा प्रचण्डले समावेदनका लागि गरेको सहयोगको आग्रह महन्थले अस्वीकार गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासमा लिन विगतको सहकार्य सम्झाउने प्रयास गरेका थिए । 

“तपाईं र म त जेलमा पनि सँगै थियौँ नि ठाकुरजी,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने, “जवाफमा ठाकुरजीले मलाई याद छ, भन्नुभएको थियो ।” त्यसपछि नेपालले ठाकुरलाई अरु को–को थिए याद छ भन्दै प्रश्न गरेका थिए । तर, ठाकुरले भने अरुबारे आफूलाई याद नभएको बताएका थिए । 

त्यसपछि नेपालले अमेरिका भ्रमणमा पनि आफूहरु सँगै रहेको सिम्झाएका थिए । ठाकुरले आफू अमेरिका जाँदा पनि सँगै रहेको कुराबारे जानकार रहेको भन्दै सरकारमा र विपक्षमा पनि विगतमै सहकार्य भएको जवाफ दिएका थिए । 

उनले त्यति भनेर आफू विपक्षी गठबन्धनको बैठक भन्ने जानकारी भएको भए बैठकमै नआउने भन्दै विपक्षी गठबन्धनका लागि आफूले सहयोग गर्न नसक्ने बताएका थिए । 

बैठकले नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र रास्वपाका नेता शिशिर खनाल रहेको कार्यदल गठन गरेको छ । 

विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्न मत नपुग्ने भएपछि कार्यदलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउन मस्यौदा तयार पार्ने काम गर्नेछ । 

विपक्षी गठबन्धनमा जोडिन चाहने दल र सांसदहरूसँग समन्वयको भूमिका निर्वाह गर्ने पनि जिम्मेवारी पाएको रास्वपा नेता खनालले जानकारी दिए । उनका अनुसार गठबन्धनले कात्तिक ५ गते ध्यानाकर्षणपत्र बुझाउनेछ । 

सरकारमा सहभागी नरहेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने प्रचण्डले बैठकका लागि आमन्त्रण समेत गरेका थिएनन् । यादवले आफू सत्तापक्षमा बसिरहेको भन्दै प्रतिपक्षीले बैठकमा बोलाउनु र नबोलाउनुको अर्थ नै नभएको बताए । 

“हामी सत्तापक्षको बेन्चमा छौँ । विपक्षी गठबन्धनको बैठकमा जाने कुरा नै भएन । त्यहाँ बोलाउनु वा नबोलाउनुको कुनै अर्थ छैन,” यादवले बाह्रखरीसँग भने, “सत्तापक्षको बेन्चमा बसिसकेपछि विपक्षी गठबन्धनमा पनि गएर दुईवटा नाउमा खुट्टा राख्ने त कुरा भएन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro