राजनीति
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन् ।
मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन संगठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्