site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रीसविरुद्ध इंग्ल्यान्ड स्तब्ध
Tiktok banner adTiktok banner ad

काठमाडौं । यूईएफए नेसन्स लिगमा सन् २००४ को युरो विजेता ग्रीसले इंग्ल्यान्डविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको छ ।

बिहीबार वेम्बली रंगशालामा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन भेन्गेलिस पाभिडिसले दुई गोल गरे । इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले एक गोल फर्काए पनि घरेलु दर्शकमाझ इंग्ल्यान्डको हार टार्न सकेनन् ।

खेलको ४९औँ मिनेटमा पाभिडिसले गोल गर्दै ग्रीसलाई अग्रतामा राखेका थिए । तर, ७१औँ मिनेटमा बेलिङ्घमको गोलमा इंग्ल्यान्ड खेलमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा पाभिडिसले निर्णायक गोल गरेपछि ग्रीसले इंग्ल्यान्डलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनाएको हो ।

लिगमा ग्रीस हालसम्म अपराजित छ । लिग ‘ए’ समूह–२ मा शीर्ष स्थानमा आसिन ग्रीसले तीन खेलबाट नौ अंक जोडेको छ । समान खेलबाट तीन अंक जोडेको इंग्ल्यान्ड तालिकाको दोस्रो स्थानमा छ ।

यही समूहमा बिहीबारै भएको अर्को खेलमा आयरल्यान्डले फिनल्यान्डविरुद्ध २–१ को जित निकालेको छ । 

तालिकाको तेस्रो स्थानमा उक्लिएको आयरल्यान्डको यो पहिलो जित हो । आयरल्यान्डले तीन अंक जोडेको छ । फिनल्यान्ड भने तीन खेलबाट अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro