site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशलाई मध्यनजर गर्दै फाउन्डेसनले सहयोग स्वरूप सामग्री वितरण गरेको हो ।

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

“संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौँ,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

ncell-2-1728392150.jpg
 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट नगरपालिकाका विभिन्न वडाका पीडितहरूलाई आएको यो राहत एकदमै ठूलो सहयोग भएको बताए ।

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याट लगायतका सामानहरू छन् ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

खड्काले राहत सहयोगबारे थप प्रष्ट पार्दै भनिन्, “एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरुट लेभलम ाआवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपत्–विपद्मा सहयोग पुर्‍याउन तत्पर छौँ । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् कार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ ।”

ncell-1728392148.jpg
 

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले अहिलेको चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितका लागि ठूलो सहयोग सावित भएको बताइएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

एनसेल फाउन्डेसनले परिस्थितिको मुल्यांक गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनर्स्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

ncell-1728392512.jpg

ncell3-1728392150.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro