site stats
बाह्रखरी :: Baahrakhari
देश
हमासले बन्दी बनाएका सबैलाई निःसर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतंकवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःसर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए ।

Argakhachi Cement Island Ad

आतंकवादी हमलाको सिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा यहाँस्थित इजरायली राजदूतावासले आज यहाँ आयोजना गरेको स्मृतिसभामा उनले आतंकवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्ने बताए । उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरूको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमसको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,“तपाईंका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरू इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईंहरूलाई निरन्तर सहयाग गर्छौँ ।” रासस

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्