site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता दिन तीनैजना अर्थ मन्त्रालय पुगे

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि तय गरिएको अन्तर्वार्ता दिन तीनैजना पुगेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ता दिन गएका हुन् ।

अन्तर्वार्ताका लाग उनीहरू अर्थ मन्त्रालयमा पुगेका हुन् ।

यसअघि, उनीहरूले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए ।

अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा भाग नलिएका तीनजनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफासिस समितिले पुनः सूचना निकालेर असोज १८ गते बिहान ८ बजे बोलाएको थियो ।

तीनजानाकै कारण बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो । यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्न समितिलाई निर्देशन दिएको थियो । तर, सरकार परिवर्तन भएसँगै सन्तोषनारायणले सर्वाेच्च अदालतमा रिट हालेका थिए । 

सर्वाेच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । यहीअनुसार सर्ट लिस्टमा परेका पाँचजना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले पहल गरेको छ ।

बोर्ड गत पुस २१ गतेबाट कार्यकारी अध्यक्षको भरमा छ । पूर्णकालीन अध्यक्ष नहुँदा बोर्डका कामकारबाहीमा प्रत्यक्ष असर परेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro