site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सांसदले भने– विपद्का बेला प्रधानमन्त्रीको अभिव्यक्ति ठिक भएन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रश्न उठेको छ ।

कांग्रेस सांसद शंकर भण्डारीले विपद्‌ र आक्रोशमा रहेका जनता प्रधानमन्त्रीको अभिव्यक्तिबाट थप आक्रोशित भएको बताए ।

"विपद्को समयमा सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएका कतिपय अभिव्यक्तिहरू समय सुहाउँदो देखिएनन्," सांसद शंकर भण्डारीले भने, "कांग्रेससमेतको संयुक्त सरकार भएकाले प्रधानमन्त्रीज्यूले बोलेको कुराको जिम्मेवारी नेपाली कांग्रेसले पनि लिनुपर्ने भएकाले त्यसमा ध्यान दिन, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पार्टी सभापतिज्यूको ध्यानाकर्षण गराएको छु ।"

'एमालेले सजिलै सत्ता हस्तान्तरण गर्दैन'

उनले बैठकमा कम्युनिस्टहरूले सहज सत्ता हस्तान्तरण नगर्ने भनेर एमालेसँगको सत्ता सहकार्यमा प्रश्न उठाएका थिए ।

"नेपालका कम्युनिस्टहरूले पटकपटक नेपाली कांग्रेसलाई झुक्याउँदै आएका छन् । विगतमा पनि नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगरी झुक्याएको इतिहास ताजै छ," भण्डारीले भने, "भविष्यमा पनि नेकपा (एमाले)ले सजिलै सँग नेपाली कांग्रेसलाई सत्ता सुम्पिन्छ भन्न सकिँदैन । त्यसतर्फ पनि हामी सचेत रहनुपर्ने हुन्छ भन्ने सुझाव दिएको छु ।"

उनले कांग्रेसले पाएका मन्त्रालयमा कर्मचारीको व्यवस्थापनमा पर्याप्त विवेक पुर्‍याउन नसक्दा एकथरीले सधैँ लाभ लिने र अर्काथरी तिरस्कृत हुन पुगेको भन्दै कर्मचारीलाई न्यायिक एवं विवेकपूर्ण ढंगबाट व्यवस्थापन गर्न आग्रह गरेका थिए । 

कांग्रेका मन्त्रीले कुरा सुनेनन् !

सांसद भण्डारीले नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सांसद तथा पार्टीका नेता एवं जिल्ला सभापतिहरूको समेत फोन नउठाएको गुनासो आएको बताए ।

"फोन नउठाएको, सुझाव तथा माग नसुनेको भन्ने जस्ता गुनासाहरू सबैतिरबाट आएका छन् । माननीय मन्त्रीहरू पार्टी प्रति जवाफदेही हुने संस्कारको विकास हुनु पर्दछ," भण्डारीले भने ।

उनले मन्त्रीहरूलाई आफ्नो कार्यशैलीमा तत्काल सुधार गरी सांसद तथा पार्टीका नेताहरूको राय सल्लाहबमोजिम काम गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro