site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायुसेवा कम्पनीलाई सांसदको प्रश्न– राष्ट्रलाई दुःख परेका बेला हो कमाउने ?

काठमाडौं । वायुसेवा कम्पनीले उच्च दरमा टिकट बिक्री गरेको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले विपद्को वायुसेवा कम्पनीले मौका छोपेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राष्ट्रलाई दुःख परेका बेला तेब्बर भाडा बढाएको आरोप लगाए ।

“प्लेनमा तेब्बर भाडा लिएको छ । राष्ट्रलाई दुःख परेका बेला हो कमाउने ?,” उनको प्रश्न छ ।

वायुसेवा कम्पनीले मनपरी ढंगले हवाई भाडा बढाउँदा पनि सरकारको उपस्थिति नदेखिएको उनको भनाइ छ । उनले पोखराबाट सँगै काठमाडौंं आएका व्यक्तिहरूले धेरै भाडा तिर्नुपरेको घटना पनि सुनाएका थिए ।

Rajya-Byabastha-1-1727787561.jpg
“मैले केही दिन पहिले टिकट लिदिनु है भनेकाले ३९ सयमा आएको छु । मसँगै सँगै आउनेले हिजो ७५ सय तिरेर आए । सरकार भएको ठाउँमा यस्तो हुन्छ ? व्यापारीहरूको हो त तजबिजी यो देशमा ? राज्यको आँखा पर्नुपर्दैन ?,” बैठकमा केसीले सोधे । 

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किने क्रममा दिउँसो १ बजेबाट नै सवारीका नाममा उडान रोक्दा यात्रुहरू आक्रोशित भएको पनि सुनाए ।

त्यस्तै, नेकपा (एमाले)का सांसद रघुजी पन्तले दसैँअघि भाडा नबढाउन आग्रह गरे । “कमाउने बेला त यो होइन नि । सरकारले तोकेको रेटको सिजन सुरु भयो । तर, यो आपत्‌कालीन अवस्थामा, कमसेकम दसैँअघि सम्म भाडा बढाउनु भएन । सम्भव भएसम्म उडान थप गर्न लगाउनुपर्‍यो,” पन्तले भने ।

उनले निजी कम्पनीका हेलिकोप्टरले सामान्य भाडा लिएर उडाउन सक्छन् भने त्यो विकल्प पनि सोच्न सुझाए । 

“माउन्टेन फ्लाइट, रेस्क्यूमा जाने हेलिकोप्टरलाई पनि यो आपत्‌कालीन अवस्थामा न्यूनतम भाडामा उडाउ भन्ने कुरा गर्नुपर्ने हुन्छ,” पन्तले भने ।

Ramesh-Lekhak-1727787562.jpg
अरू सांसदहरूले पनि गाडीभाडा, हेलिकोप्टरको भाडा नबढाउन आग्रह गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले हवाई भाडाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले छलफल गरिरहेको बताए ।

समितिले हवाई भाडा नबढाउन सरकारलाई निर्देशन नै दिएको छ । वायु सेवा सञ्चालक संघले असोज १४ देखि १६ गतेसम्म उच्चदरमा टिकट बिक्री नगर्ने सूचना जारी गरेको थियो । तर, त्यसमा कम्पनीहरूले मूल्य घटाएनन् ।

Rajya-Byabastha-1727787562.jpg
मंगलबार उड्डयनमन्त्री बद्री पाण्डेसँग वायुसेवा कम्पनीहरूले न्यूनतम मूल्यमा टिकट बेच्ने सहमति गरेका छन् ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro